logo

सिभिल बैंकको दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न

    1090   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - सिभिल बैंकको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा बैशाख २७ गते अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरेको दुई वर्षको लाभांश पारित गरेको छ । बैंकले सातौ र आठौं  साधारणसभामा १०.२५ प्रतिशत बोनस शेयर र ४.५९ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

बैंकले आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट  ४.०५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । बोनसपश्चात सिभिल बैंकको चुत्ता पुँजी ८ अर्ब ८२ करोड ३७ लाख पुगेको छ ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई. इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।