९ बैशाख /अर्थ र व्यापार - यू.केमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको औपचारिक उद्धघाटन सम्पन्न भएको छ । उक्त कार्यक्रममा यु.के का लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए ।
एक्सप्रेस मनी ट्रान्सफर यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ साथै छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालको ७००० भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया