logo

सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

    1159   पटक पढिएको

८ असार / अर्थ र व्यापार - सिटिजन्स म्युचुअल फण्डको दोस्रो सामूहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने असार ८ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ९ गते बिहीबार देखि इकाई खुल्ला गरेको थियो । फण्डको इकाईमा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा अनलाइनमार्फत मेरो शेयर सफ्टवयर मार्फत गर्न सकिने व्यवस्था छ ।

इच्छुक आवेदकले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि अधिकतम २ करोड इकाई अर्थात २० करोड रुपैयाँसम्म आवेदन गर्न सकिन्छ । जेठ ६ गते यस सामूहिक लगानी कोषको इकाईमा असार ६ गते शुक्रबारसम्म ४१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रति इकाई मूल्य १० रुपैयाँको दरले दश करोड इकाई बराबरको एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशनमा ल्याइएको हो ।

कूल १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख अर्थात कूल इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।