logo

सिटिजन्स बैंकको नाफा ६८ करोड, खराब कर्जा १ प्रतिशतभन्दा पनि कम

    1096   पटक पढिएको

 ६ माघ / अर्थ र व्यापार - सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्याज आम्दानी ४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ थियो । बैंकले ३ अर्ब २४ करोड १९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्याज खर्च २ अर्ब ८० करोड २३ लाख रुपैयाँ थियो ।

बैंकको खुद व्याज आम्दानी घटेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा १ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले खराब कर्जा घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा १.६२ प्रतिशत रहेको खराब कर्जा अनुपात यस वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशतमा सिमित भएको छ । आधार दर १०.३५ प्रतिशत छ भने व्याज अन्तर (स्प्रेड) दर ३.६९ प्रतिशत छ ।

बैंकमा सर्वसाधारणको ७५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तमा सर्वसाधारणको ७० अर्ब ५० करोड ९० लाख रुपैयाँ निक्षेप थियो ।

बैंकले सर्वसाधारणलाई ६९ अर्ब ८ करोड ८१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६२ अर्ब ९१ करोड १९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।