२६ माघ / अर्थ र व्यापार - सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।
कम्पनीले ‘सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामको सो मात्राको ऋणपत्र निष्काशन गत माघ २१ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले १०.२५ प्रतिशत व्याजदरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्ने छ ।
सोमध्ये बैंकले व्यक्तिगत तवरबाट १५ लाख कित्ता र सर्वसाधारण तवरबाट १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया