११ भदौ / अर्थ र व्यापार – सिटिजन्स् बैंक इन्टरनेशनलले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयर आईतबारसम्म कायम रहेका सेयरधनीले मात्र पाउने भएका छन् । बैंकले भदौ १२ देखि १६ गतेसम्म सेयरधनी किताब बन्द गर्ने मिति तोकेकाले आईतबारसम्म सेयर किनेका तथा यसअघि सेयरधनी रहेका दुबै लगानीकर्ता प्रस्तावित बोनस प्राप्त गर्न योग्य हुनेछन् ।
सिटिजन्स् बैंकले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएकोमा १६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा रहेको छ । हाल सिटिजन्स् बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी आठ अर्ब दुई करोड पुग्नेछ ।
तपाईको प्रतिक्रिया