११ माघ /अर्थ र व्यापार - सिटिजन्स बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा २२.५५ प्रतिशतले नाफा बढाएको छ । बैंकले पुससम्ममा ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले ६ महिनाको अवधिमा ५३.२९ प्रतिशतले खुद व्याज आम्दानीमा सुधार गरेर एक अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । निक्षेप संकलन ११.३९ प्रतिशतले बढाउँदा ऋण लगानी १५.५० प्रतिशतले बढाएको छ ।
बैंकले ६ महिनाको अवधिमा ६५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । एफपिओ निष्काशन र बोनस शेयरबाट ३.०१ प्रतिशतले पूँजी बृद्धि गर्दा जगेडा कोषमा भने ६८.८८ प्रतिशतले बढाएको छ । बैंकको जगेडा कोषमा तीन अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ ।
पूँजीकोष अनुपात १.४६ प्रतिशत विन्दुले घटेर १३.५८ प्रतिशतमा झरेको छ । खराव कर्जा ०.३२ प्रतिशतले सुधार हुँदा अझै १.६२ प्रतिशत बाँकी छ । आधार व्याज दर ०.२३ प्रतिशत विन्दुले घटेर १०.७९ मा झारेको छ । प्रति शेयर आम्दानी २.७६ रुपैयाँ बढेर १८.४२ रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया