३ पुस /अर्थ र व्यापार - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं ७ मैनादीमा रहेको श्री प्रभात माध्यमिक विद्यालयलाई दुई लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई दुई लाखको चेक हस्तान्तरण गरे ।
कृषि बाली विज्ञान अध्ययन गर्ने पी जेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथ साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा अध्यक्ष कुँवरले जानकारी गराए ।
तपाईको प्रतिक्रिया