२० भदौ / अर्थ र व्यापार – सिटिजन्स बैंकले देशको विभिन्न भागमा गएको बाढी पीडीतको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा एघार लाख रुपैंया जम्मा गरेको छ । साथै बैंकले महोत्तरीको मटिहानीका बाढी पीडितलाई पाँच लाख रुपैंया बराबरको सहयोग सामग्री प्रदान गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैंया जम्मा गरेको बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत खाद्यान्न तथा त्रिपाल बितरण गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले महोतरी जिल्लाको मटीहानी पुगेर बाढी पीडितहरुलाई उक्त सहयोग सामग्री वितरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया