२५ चैत्र /अर्थ र व्यापार - बैंक इन्टरनेसनल लिमिटेडको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटालाई नियुक्त भएका छन् । बैंकको २९७औं सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत देवकोटालाई आगामी बैशाख १ गतेबाट लागु हुने गरि डेपुटी सिइओ नियुक्त गरेको हो ।
गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनको ठाउँमा देवकोटालाई अगाडि बढाएको हो । देवकोटाले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रहि काम गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । उनले नेपाल बैकमा पनि काम गरेका थिए । उनी बैंकिङ क्षेत्रमा २३ बर्षदेखि कार्यरत छन् ।
तपाईको प्रतिक्रिया