logo

सिटिजन्स बैंक, सिभिल बैंक र सेन्चुरी बैंक राष्ट्र बैंकको कारवाहीमा

    884   पटक पढिएको

  २० माघ / अर्थ र व्यापार -  नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको आरोपमा सिटिजन्स बैंक, सिभिल बैंक र सेन्चुरी बैंकलाई कारवाही गरेको छ । सिजिन्स बैंकलाई नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकले सिटिजन्स बैंकलाई २० लाख रुपैयाँ जरिवना तिराएको छ । नेपाल राष्ट्र बैंकलाई सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था उल्ल्घनमा पाँच लाखदेखि १० करोडसम्म जरिवाना भएपनि जम्मा २० लाख रुपैयाँ मात्रै जरिवना तिराएको हो ।

त्यस्तै क बर्गको बैंकको रुपमा कारोकार गर्दै आएको सिभिल बैंकले कर्जा स्रोत परिचालन अनुपात कायम गर्न नसक्दा केन्द्रीय बैंकको कारवाहीमा परेको छ । सिभिल बैंकले ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना तिरेको केन्द्रीय बैंकले जनाएको छ । उता, सेञ्चुरी बैंक पनि कर्जा स्रोत परिचालन अनुपातमा फेल भएका कारण राष्ट्र बैंकको कारवाहीमा परेको छ ।

यसअघि कृषि क्षेत्रमा सरकारको तोकेको मात्रामा ऋण लगानी नगरेको भन्दै नेपाल बंगलादेश बैंक पनि कारवाहीमा परेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।