logo

सिटिजन्स बैंक र तिनाउ मिसनबीच एक्वायर गर्ने अन्तिम सम्झौंतापत्रमा हस्ताक्षर 

    1172   पटक पढिएको


२२ पुस/अर्थ र व्यापार– सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंकबीच सम्झौंता भएको छ।

एक्वायर गर्ने अन्तिम सम्झौंतापत्रमा सिटिजन्स बैंकका संचालक तथा एक्वायर समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।

यसअघि दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

अन्तिम सम्झौंतापत्रमा हस्ताक्षर पश्चात दुवै बैंकले आ—आफ्नो विशेष साधारण सभाबाट एक्वायर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछन् । त्यसपछि राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु हुनेछ । 

एक्वायरपछि सिटिजन्स बैंकको निक्षेप करिब १ खर्ब २४ अर्ब पुग्नेछ भने ऋण १ खर्ब २ करोड पुग्नेछ । भने बैंकको शाखा १ सय ६३ हुनेछ । 

सम्झौंतापछि तिनाउका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् । बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।