logo

सिटिजन बैंक र सहयोगी विकास बैंकबिच मर्जरमा जाने सम्झौता

    1419   पटक पढिएको

२३ असार / अर्थ र व्यापार  - सिटिजन बैंक र सहयोगी विकास बैंकबिच मर्जरमा जाने सम्झौता भएको छ । दुबै बैंकका प्रतिनिधिले आइतबार सहमतिपत्रमा सम्झौता गरेसँगै आजदेखि सहयोगी विकास बैंकको दोस्रो बजारमा कारोबार रोक्का हुने भएको छ ।

दुबै बैंकको एकीकृत कारोबार नभएसम्म दोस्रो बजारमा सहयोगी विकास बैंकको कारोबार रोक्का हुने बैंकले जनाएको छ । हाल सहयोग विकास बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ छ। सिटिजनले सहयोगीलाई एक कित्ता बराबर ०.९ कित्ताको अनुपातमा प्राप्ती गर्ने भएको छ । यस आधारमा सिटिजन बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ थपिनेछ ।

प्राप्तीपछि सिटिजन बैंकको चुक्ता पूँजी ८ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै सहयोगीको चार अर्ब ३३ करोड रुपैयाँ निक्षेपसँगै सिटिजनको निक्षेप ७० अर्ब २५ करोड रुपैयाँ नाघ्नेछ । सहयोगीको तीन अर्ब ८६ करोड ऋण लगानी छ। प्राप्ती पछि सिटिजनको ऋण लगानी ६६ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । दोस्रो बजारमा सिटिजनको बजार मूल्य २२३ रुपैयाँ छ भने सहयोगीको १९७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याउने तयारी गरेसँगै विकास बैंकहरु बाणिज्य बैंकहरु सँग मर्जरमा जाने क्रम बढेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।