२ असार /अर्थ र व्यापार - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोल्डेन हस्पिटल प्रालि, विराटनगर, मोरङबीच सहकार्य गर्नेसम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् बैंकका डेबिट(क्रेडिट कार्डवाहक तथा कर्मचारीहरूले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउने भन्दै बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको जनाएको छ ।
‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुरयाउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको पनि बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया