१० बैशाख /अर्थ र व्यापार - सिटिजन्स बैंक इन्टरनेसनलले बारा र पर्सामा विनाशकारी हावाहुरीबाट प्रभावित परिवारलाई सहयोग गर्ने अभिप्रायले दश लाख सहयोग गर्ने भएको छ । बैकले हावाहुरी पिडितलाई सहयोग जुटाउनका लागि ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ को स्थापना गरेको थियो ।
बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तपÞर्mबाट दस लाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको कुल रकम दश लाख सैतिस हजार सन्तानब्बे रुपैया बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया