१८ मंसिर/अर्थ र व्यापार– चिलिमे जलविद्युत कम्पनीले पुस १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।
कम्पनीको साधारणसभाले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश पारित गर्नेछ । त्यसमध्ये १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।
कम्पनीले पोहोर २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। चिलिमेले गत वर्ष ७५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु वर्षको पहिलो तीन महिनामा चिलिमेको नाफा २२ करोड १० लाख रुपैयाँ छ ।
कम्पनीको जगेडा कोषमा ४ अर्ब २९ करोड रुपैयाँ छ । यसको दीर्घकालीन दायित्व २४ करोड रुपैयाँ हाराहारी छ ।
कम्पनीको हाल चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५७ करोड रुपैयाँले बढ्ने छ ।
तपाईको प्रतिक्रिया