८ बैशाख /अर्थ र व्यापार - छिमेक लघुवित्तद्वारा १७ औ वार्षिक साधारण सभा आहवान गरिएको छ । लघुवित्तले साधारण सभा बैशाख ३० गते सोमबार बिहानको १०ः३० बजे हेटौडा स्थित होटल सामताको सभाहलमा साधारण सभा बोलाएको हो । १७ औ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।
हाल चुक्ता पूँजी एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । साधारण सभाका लागि लघुवित्त कम्पनीले बैशाख १६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । यसअनुसार बैशाख १५ गते आइतबारसम्म कायम रहने छिमेकका शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया