logo

छिमेक लघुवित्तको नाफामा ७९.५२ प्रतिशतले बृद्धि

    976   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - छिमेक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ अर्थात ७९.५२ प्रतिशतले धेरै हो ।

गत वर्ष चैत मसान्तमा लघुवित्तले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको नाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको लघुवित्तको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा ३७ रुपैयाँ ९८ पैसा बढेको छ । गत चैत मसान्तमा ४७ रुपैयाँ ७६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा पुगेको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी ३५ प्रतिशत भन्दा धेरैले वृद्धि भई एक अर्ब २३ करोड २७ लाख आर्जन गर्दा कम्पनीले ९७ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । एक अर्ब रुपैयाँ चुत्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष पूँजी भन्दा मजबुत छ । उसको जगेडा कोष १०७ प्रतिशत बढेर एक अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तले निक्षेप संकलन र कर्जा परिचालनलाई उल्लेख्य रुपमा बढाएको छ। चैत्र मसान्तसम्ममा १३ अर्ब ९० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले चार अर्ब ४५ करोड ९६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर १९ अर्ब १५ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्षको चैत मसान्तको तुलनामा लघुवित्तले दुई अर्ब ९६ करोड १० लाख रुपैयाँले निक्षेप संकलन र तीन अर्ब दुई करोड ६४ लाख रुपैयाँ कर्जा परिचालनमा बढाएको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २८१ रुपैयाँ १४ पैसा, निष्कृय कर्जा अनुपातमा ०.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.५३ गुणा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।