logo

चौतारी लघुवित्तद्वारा तेस्रो त्रैमासमा १ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन

    1020   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५र७६ को तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८४ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ ।अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ६५ लाख रुपैयाँ कमाएको थियो । यस लघुवित्तको चुक्ता पुँजी ८ दशमलव ८५ गुणाले वृद्धि गरी १८ करोड ६० लाख रुपैयाँ पुयाएको छ । जगेडाकोषमा ३ करोड ३५ लाख रुपैयाँ छुटाएको छ ।

लघुवित्तले निक्षेपमा ३९ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ११६ दशमलव ९१ प्रतिशतले वृद्धि गरी १ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानीमा ८५ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० प्रतिशतले वृद्धि गरी १ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको जोखिम युक्त सम्पत्ति २० दशमलव ३८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ७२ प्रतिशत रहेको छ । जसको प्रति शेयर आम्दानी वार्षिक १३ दशमलव ३३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४५ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ ११८ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ३ दशमलव ५५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।