logo

चौतारी लघुवित्तद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५ लाख खुद नाफा आर्जन

    946   पटक पढिएको

४ माघ /अर्थ र व्यापार - चौतारी लघुवित्त (CHLBS) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५ लाख खुद नाफा आर्जन गरेको छ । गत मंसिरमा ६ लाख कित्ता आईपिओ निष्काशन गरेको लघुवित्तले गत आवको यसै अवधिको तुलनामा २१० प्रतिशतले खुद नाफा बढोत्तरी गरेको हो । गत आवको ६ महिना अवधिमा लघुवित्त कम्पनीले ३३ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरको थियो । 

निक्षेप संकलन र कर्जा विस्तारलाई उल्लेख्य विस्तार गरेको लघुवित्तको खुद ब्याज आम्दानी वृद्धि भएसँगै खुद नाफामा बढोत्तरी देखिएको हो । गत वर्षको यसै अवधिमा २ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आवको दोस्रो त्रैमाससम्मा ३ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा १४ करोड ७ लाखको निक्षेप ३३ करोड २४ लाखमा र ४९ करोड ८६ लाखको कर्जा लगानी एक अर्ब आठ करोड ८० लाखमा विस्तार गर्न लघुवित्त सफल भएको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५७ करोड ९० लाख सापटी लिएको छ ।
आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६० लाख पुगेको छ भने जगेडा कोषमा दोब्बरले वृद्धि भई २ करोड ५४ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.०२ प्रतिशत बाट ०.६८ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात २१.०४ गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।