१९ मंसिर/ अर्थ र व्यापार - चौतारी लघुवित्त वित्तीय संस्थाले आजेदेखि सर्वसाधारणको ६ लाख कित्ता प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । संस्थाले ६ लाख कित्तामध्ये प्रति शेयर १०० रुपैयाँको दरले ९ हजार ३०० कित्ता कर्मचारीहरुको लागि, तीस हजार कित्ता सामुहिक लगानी कोषहरुलाई र ५ लाख ६० हजार ७०० कित्ता आइपिओ सर्वसाधारणहरुको लागि निष्काशन गरेको हो ।
संस्थाले छिटोमा मंसिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इ्विएल एस क्यापिटलले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् ।
संस्थाले प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ । इक्रा नेपालका अनुसार यस रेटिङले औषत भन्दा कमजोर आधार रहेको जनाउँदछ ।
तपाईको प्रतिक्रिया