४ मंसिर/अर्थ र व्यापार– चन्द्रागिरी हिल्स लिमिटेडले १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कात्तिक २८ गते स्वीकृति पाएको छ । कम्पनीले जेठ २५ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको १२ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया