१७ मंसिर/अर्थ र व्यापार– चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रभावित क्षेत्रका स्थानियका लागि रु १०० का दरको ३ लाख ६ हजार ८१९ कित्ता शेयरमा बुधवारबाट आवेदन खुला गरेको हो ।
कम्पनीले काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ का स्थानीयबासी र मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९, १० र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का स्थानीयहरुलाई पहिलो चरणमा आईपीओ जारी गरेको हो ।
उक्त आईपीओमा प्रभावित क्षेत्रका सर्वसाधारणहरुले छिटोमा पुस १ गते र ढिलोमा पुस १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा ६ ओटा स्थानबाट स्थानीय सर्वसाधारणले निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
सर्वसाधारणले थानकोटस्थित चन्द्रागिरी हिल्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, थानकोटको इमाखेलमा रहेको ग्लोबल आइएमई बैंक लिमिटेड, मकवानपुर बज्रबाराहीमा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मकवानपुर इन्द्रसरोवरमा रहेको बैंक अफ काठमाण्डू लिमिटेडबाट पनि आवेदन दिन सक्नेछन् ।
आईपीओलाई ईक्रा नेपालले ईक्राएनपी आईआर बीबी रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया