२४ माघ / अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५ र७६ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनश शेयर तथा कर प्रयाजनका लागि समेत गरी ४ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ७५ प्रतिशत दिने घोषणा गरेको छ ।
कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले आफ्ना लगानीकर्ताहरुलाई सो मात्राको लाभांश दिने घोषणा गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया