logo

सेञ्चुरी बैंकको एकैदिन ७ वटा नयाँ शाखा सञ्चालन

    1376   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार– सेञ्चुरी कमर्सियल बैंकले एकैदिन आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्धघाटन गरेको छ । 

बैंकले मंगलबार बाँकेको कोहलपुर, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, नरेफाँट र टोखा एवं भक्तपुरको सुकुलढोकामा गरी ७ वटा नयाँ शाखाको विस्तार गरेको हो।

बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले र  मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानले ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीले उद्धघाटन गरिन् ।

त्यसैगरी, काठमान्डौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यले, काठमान्डौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालले उद्घाटन गरे।

त्यसैगरी, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपानेले र काठमान्डौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठले उद्घाटन गरिन् ।

चालू आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व र कर्जा रकम ६६.९३ अर्व परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

७ वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १ सय २० पुगेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।