२२ मंसिर/अर्थ र व्यापार– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हिजो मंसिर २१ गते आईतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
सेञ्चुरी बैंकले ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
सबै क्षेत्रमा बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले बैकले देशको विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरुमार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवाहरु प्रदान गदै आएको छ ।
नयाँ शाखा संचालनमा आएलगतै बैंकको देशभरि शाखा संजाल संख्या ११५ पुगेको छ ।
तपाईको प्रतिक्रिया