२० असार / अर्थ र व्यापार – सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले आगामी असार २७ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय गत असार २ गते बसेको कम्पनीको २३४ औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैंकको सेयर रजिष्ट्रारमा सुन्धारमा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया