२९ मंसिर/अर्थ र व्यापार– सेञ्चुरी कमर्सियल बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/०७६ को वितरण गर्न बाँकी बोनस रकम समेत कायम हुने चुक्ता पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजारको कुल ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जसमध्ये ५.२५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
तपाईको प्रतिक्रिया