२४ जेठ /अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण गरिने भएको छ । बैंकको कुल चुक्ता पुँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २ सय ४७ रुपैयाँ बराबरको ६.५० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै बैंकले चुक्ता पुँजीको ४.५ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ७० हजार ८ सय ५ रुपैयाँ लाभांश दिने निर्णय गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमकाअनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिनेछ ।
तपाईको प्रतिक्रिया