logo

सेञ्चुरी बैंकद्वारा व्यवसायको वृद्धिसँगै खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा सुधार 

    1145   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार सार्वजनिक गरेको एनएफआरएस रिर्पोट अनुसार बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा कायम गरेको छ । चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख रहेको बैंकको गत आवको दोस्रो त्रैमासको तुलनामा खुद नाफा १५ करोड १६ लाख तथा प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसाले बढेको हो । सो समयमा बैंकले ३६ करोड ६३ लाख खुद नाफा कमाएर ९ रुपैयाँ ५५ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो ।

नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार सेञ्चुरीले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड ३५ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको उल्लेख छ । चालू आवको ६ महिनामा ५१ करोड ८१ लाख खुद नाफम आर्जन गरेको बैंकको फ्रि प्रोफिट राष्ट्र बैंकले तोकेको रेगुलेटरी एड्जस्टमेन्ट वापत ७ करोड ४६ लाख रुपैयाँ व्यवस्था गर्दा घटेको हो । गत आवको यसै अवधिमा बैंकले ३२ करोड ५१ हजार रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको गरेको छ । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ११ करोड ८४ लाख रुपैयाँले बढेको हो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । समीक्षा अवधिमा सेञ्चुरी बैंकको जगेडा कोष कमजोर बनेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा एक अर्ब ६४ करोड ४ लाख रुपैयाँ मात्र सञ्चित रहेको छ । गत आवको तुलनामा बैंकको जगेडा कोष ९ प्रतिशतले घटेको हो ।अन्य कतिपय वाणिज्य बैंकहरुको चुक्ता पूँजीकै हाराहारीमा जगेडा कोष कायम गरि शेयरधनी कोष मजबुत बनाएको अवस्थामा बैंकलाई ८ अर्ब पूँजीको आधारमा डेढ अर्बको जगेडा कोषले पुग्ने अवस्था छैन । त्यसैले बैंकलाई जगेडा कोष बढाउने चुनौती देखापरेको छ ।यस्तै बैंकको पूँजी प्रयाप्तता अनुपात १८.५४ बाट घटेर १४.६९ प्रतिशतमा र प्रतिशेयर नेटवर्थ भने १२३ रुपैयाँ ४७ पैसाबाट घटेर १२० रुपैयाँ ३४ पैसामा झरेको छ । कोषको लागत ८.३१ बाट ८.८९ प्रतिशतमा बढेको बैंकको आधार ब्याजदर पनि ११.४३ बाट बढेर ११.५० पुग्दा बैंकबाट ऋणीले सस्तो ब्याजदरमा ऋण प्राप्त गर्ने अवस्था कमजोर बनेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.१५ गुणा रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासम्ममा बैंकले ६४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकले २२.९० प्रतिशतले निक्षेप संकलन गर्दा कर्जा विस्तार २७.०३ प्रतिशतले बढाएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकले ५२ अर्ब १७ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४६ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो । इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सगमाथा फाइनान्स लगायतका कम्पनीलाई प्राप्ती गरेको बैंकले व्यवसाय विस्तार गर्न लगानी र निक्षेपलाई बढोत्तरी गर्दा बैंकको खुद ब्याज आम्दानी गत आवको पुसको तुलनामा ५०.३७ प्रतिशत अर्थात ४४ करोड ८६ लाख रुपैयाँले बढेर एक अर्ब ३३ करोड ९३ लाख पुगेको छ । गत आवको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ८९ करोड ६ लाख मात्र रहेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा २१ करोड ५८ लाख बढेर ७४ करोड २ लाख आर्जन भएको छ ।

स–साना कम्पनीलाई प्राप्ती गर्दै व्यवसायको आकार बढाएको बैंकले व्यवसायको वृद्धिसँगै खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा सुधार गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशत मात्र रहेको छ । गत आवको पुसमा बैंकमा ०.९९ प्रतिशत खराब कर्जा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।