२५ असार / अर्थ र व्यापार – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्लाहीको गैरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरुलाई थप सेवा पुर्याउने उद्देश्यले सो स्थानमा नयाँ शाखाको सञ्चालन गरेको हो ।
बैंकले यसअघि भोजपुर, कैलाली, मोरंङ, खोटाङ्ग, रौतहट, कंचनपुर, बर्दिया र धनकुटा जिल्लाको विभिन्न १४ स्थानबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको छ । हाल बैंकले ५३ वटा शाखा, ३४ वटा ए.टी.एम, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
निकट भविष्यमा सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको प्राप्ती पश्चात् सेञ्चुरी बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा भई बैंकको सेवा अझ बढी विस्तार हुने छ ।
तपाईको प्रतिक्रिया