logo

सेञ्चुरी बैंकको आठौं साधारणसभा सम्पन्न, ६.५० प्रतिशत लाभांश पारित

    1031   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ । बैशाख १२ गते बिहीबार सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक निर्विरोध निर्वा्चित भएका छन् ।आठौं वार्षिक साधारण सभाबाट २ प्रतिशत बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । आ.व. २०७५र७६ को पुस मसान्तसम्म बैंकले कुल ६४ अर्ब १२ करोड निक्षेप संकलन गरि ५९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ । यसबाट बैंकले ७४ करोड २ लाख सञ्चालन मुनाफा तथा ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।