२१ मंसिर/ अर्थ र व्यापार - ब्याज बढाउने बैंकको सुचीमा सेञ्चुरी कमर्सियल बैंक पनि थपिएको छ । बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै ब्याज दर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ ।
यसअघि कुमारी बैंकले ब्याज १३ प्रतिशत पुर्याएको थियो । बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि ब्यक्तिगत मुद्दतिको ब्याज जनता बैंकले बढाएको थियो । बैंकले १२ प्रतिशत पुर्याएको अर्को दिन माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत पुर्याएको थियो ।
बैंकले ६ महिनादेखि २ बर्षसम्मको लागि १३ प्रतिशत र एक महिनादेखि २ बर्षसम्मको लागि १२ प्रतिशत दिने गरी स्किम ल्याएको छ ।
तपाईको प्रतिक्रिया