२५ मंसिर / अर्थ र व्यापार - २०७४ सेन्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा एकीकृत कारोबारको शुभाराम्भ नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । एकीकृत कारोबारपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६८ करोड, निक्षेप ४९ अर्ब, कर्जा ४५ अर्ब तथा नेपाल अधिराज्यभर ८५ वटा शाखा कार्यालयहरू रहने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया