१० साउन / अर्थ र व्यापार – सेन्ट्रल फाइनान्सले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको वार्षिक साधारणसभाले हकप्रद सेयरको प्रस्ताव पारित गरेको हो ।
कम्पनीको अहिले ५२ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रदपछि चुक्ता पूँजी २६ करोड रुपैयाँले थपिएर ७८ करोड पुग्ने छ । कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्छ ।
भक्तपुर फाइनान्सलाई गाभेको सेन्ट्रलले बाँकी पूँजी गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर पुर्याउने छ । कम्पनीले गत आर्थिक वर्ष १४ करोड २९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
तपाईको प्रतिक्रिया