logo

सेन्ट्रल फाइनान्सद्वारा शेयरधनीलाई लाभांश वितरण

    1186   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - सेन्ट्रल फाइनान्सले शेयरधनीलाई नगद लाभांश वितरण गरेको छ । फाइनान्सको चैत १० गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

फाइनान्सको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलका अनुसार फागुन २२ गतेसम्म आफ्नो शेयर अभौतिकिकरण गराएका शेयरधनीलाई बैशाख ४ गते सोमबारदेखि नगद निजहरुकै बैंक खातामा पठाएको छ । साथै हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर अभौतिकिकरण गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ । शेयर डिम्याट र बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुलाई क्रमश लाभांश वितरण गरिने जनाइएको छ ।

साथै भक्तपुर फाइनान्सलाई प्राप्ती गरि २०७३ चैत १० गतेदेखि एकीकृत कारोबार गरेको कारणले सो मितिसम्म कायम रहेका शेयरधनीलाई दुई वर्षसम्म कर नलाग्ने हुँदा सोही अनुसारको नगद र सो मितिपछिको हकमा कर कट्टी कगरि नगद जम्मा गरेको जनाएको छ । यस्तै २१ औं साधारण सभाबाट पारित बोनसमा कर लाग्ने शेयरधनीहरुको कर रकम समेत यसै नगदबाट काटिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।