२२ फागुन/ अर्थ र व्यापार - सेन्ट्रल फाइनान्स सञ्चालक समितिले फागनु १२ गते बसेको बैंठकले आगामी चैत ५ गते आह्वान गरेको २२ औं वार्षिक साधारण सभाको प्रयोजनका लागि फागुन २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउँछन् ।
फाइनान्सको गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश फागुन २२ गते बुधबारसम्म कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् ।
सेन्ट्रल फाइनान्सको फागुन २१ गते मंगलबार प्रतिकित्ता ११४ रूपैयाँमा शेयर कारोबार भएको छ । फाइनान्स सञ्चालक समितिले फागनु १२ गते बसेको बैंठकले नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा साधारण सभा डाकेको छ । सभाले पुस २७ गते सम्पन्न सञ्चालक समितिको २६८ औं बैठकले गत वर्षको मुनाफाबाट लागनीकर्तालाई प्रस्ताव गरेको ७ प्रतिशत (५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरि आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पनि सभामा छन् । चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ८२ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८६ पैसा छ ।
तपाईको प्रतिक्रिया