logo

सिसिडी रेसियोमा बाणिज्य बैंकहरुले तोकिएको सीमा नाघ्यो, निक्षेप घट्दा कर्जा बिस्तार रोकिएन

    1655   पटक पढिएको

२३ फागुन/ अर्थ र व्यापार - बाणिज्य बैंकहरु ऋण लगानीमा नसुध्रिएको तथ्यांकले देखाएको छ । तरलता अभावले समस्या परेको बताइरहँदा बैंकहरुले ऋण बिस्तारको गतिलाई भने कम गरेका छैनन् । गत साता बैंकहरुले पाँच अर्बले निक्षेप बढाएर त्यति नै ऋण लगानी गरेका छन् ।

जबकी पुसमै २८ बाणिज्य बैंकहरुको कर्जा(पूँजी(निक्षेप अनुपात (सिसिडी रेसियो) ८१. १९ प्रतिशत पुगेको थियो । त्यसयता २० अर्ब निक्षेप बढेको छ भने ३० अर्ब रुपैयाँ ऋण लगानी बिस्तार भएको छ । पुस मसान्तसम्म बैंकहरुले २६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २३ खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । त्यसबेला नै सिसिडी ८१.१९ प्रतिशत पुगिसकेको थियो ।

सिसिडी रेसियोमा बाणिज्य बैंकहरुले तोकिएको सीमा पार गर्दै गर्दा विकास बैंक र फाइनान्स कम्पनी संघारमा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरु ७८.३८ प्रतिशतमा पुगेका छन् भने फाइनान्स कम्पनी ७९.७३ प्रतिशतमा पुगेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको औषत सिसिडी रेसियो ८१.०३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार, फागुन १७ मा बैंकको निक्षेप २६ खर्ब ७७ अर्ब रुपैयाँ छ । जबकी यो दुई साताअघिको भन्दा २ अर्बले कम हो । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।