१८ साउन / अर्थ र व्यापार – लक्ष्मी इक्विटी फण्डको बुधबारदेखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार खुलेको छ । लक्ष्मी इक्वीटी फण्डको सुरु कारोबार मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ । नेप्सेले लक्ष्मी इक्विटी फण्डलाई कारोबार सिम्बोल एलईएमएफ प्रदान गरेकोे छ । अब इकाईधनीले आफुसँग भएका लक्ष्मी इक्विटी फण्डका इकाई किनबेच गर्न सक्नेछन् ।
लक्ष्मी इक्विटी फण्डका इकाईहरु बैशाख २२ गतेदेखि २६ गतेसम्म एक अर्ब २५ करोड रुपैयाँको १२ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन भएको थियो । निष्काशन भएको कुल इकाई मध्ये १५ प्रतिशत लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकको छुट्याइएको छ ।
फण्डको असार मसान्तको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ८५ पैसा रहेको छ । कम्पनीको यस अवधिमा कुल लगानी ४० करोड ४० लाख रुपैयाँ पुगेको छ । जसमध्ये ३९ कम्पनीको सूचिकृत धितोपत्रमा ३८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको छ ।
लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले निष्काशन गरेको दोस्रो सामुहिक लगानी कोष हो । जसको कोष प्रवर्द्धक लक्ष्मी बैंक र कोष व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया