logo

आजबाट आइएमइ लाइफ इन्स्योरेन्सको कारोबार सुरु

    1360   पटक पढिएको

१ भाद्र / अर्थ र व्यापार – नयाँ लाइसेन्स पाउने १० जीवन बिमा कम्पनीमध्ये आइएमइ लाइफ इन्स्योरेन्सले  आज बिहीबारबाट कारोबार सुरु गरेको छ । कम्पनीले आज ५ बजे कारोबार सुरुवातको औपचारिक कार्यक्रम पनि गर्दैछ । कम्पनीले १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी सहित सञ्चालनमा आउन लागेको हो ।

कम्पनीले बिमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन अबको ६ देखि ८ महिनाभित्रमा ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहने भएको हो । लौन चौरका केन्द्रिय कार्यालय रहने कम्पनीले १ वर्षमा ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको छ । 

काठमाडौंमा मात्रै कम्पनीले ७ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । शाखा अनुमतीको लागि कम्पनीले बिमा समितिमा आवेदन दिइसकेको छ । कम्पनीले कारोबार सुरु गरेसँगै बिहीबारबाट आइएमइ सरल (सावधिक) योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यो योजनामा १६ वर्षदेखि ६४ वर्ष उमेरका मानिसहरुले सहभागिता जनाउन सक्ने बताएको छ । यो योजनाको अवधि ५ देखि ६५ वर्षसम्म रहनेछ ।

यो योजनामा सहभागि हुन चहानेले २५ हजार देखि आय स्रोतले धान्ने रकमसम्मको बिमा  (बिमांकीय रकम) गर्न सक्ने छ । कम्पनीले अन्य ६ वटा योजना सञ्चालनको लागि बिमा समितिमा आवेदन दिएको छ । कम्पनीको हाल महाप्रबन्धक पोखरेलले नै नेतृत्व गर्ने भएका छन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था अंगालेपनि यो पदको जिम्मेवारी पछि  पोखरेललाई नै दिन सकिने वा नयाँ पनि ल्याउन सकिने छ ।

कम्पनीको अध्यक्षता डा. रामहरी अर्यालले गरेका छन् । कम्पनीको अन्य सञ्चालकहरुमा अश्विनी अर्याल, दिपक शर्मा, इश्वर कार्की र दिप चन्द्र रेग्मी रहेका छन् । अन्य २ सञ्चालक भने चयन हुनन बाँकी रहेको छ । कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आइएमइ समूह, भाटभटेनि, सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौड्ल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आइएमइ र सम्बद्धहरुको ४० प्रतिशत बढि लगानी रहेको बुझिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।