logo

३ बैकंद्वारा ब्रोकर लाइसेन्स माग गर्दै राष्ट्र बैंकमा आवेदन

    1025   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार - एनआइसी एशिया, सिटिजन्स र सानिमा बैंकले ब्रोकर लाइसेन्स माग गर्दै राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नीतिगतरुपमा बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेपछि यी ३ बैंकले चासो देखाएका हुन् । देशभर २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

मौद्रिक नीतिमा नीतिगत ब्यवस्था गरेपनि पुस ११ गते बुधबार मात्रै राष्ट्र बैंकले परिपत्रमार्फत् बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खोलेको हो । वाणिज्य बैंकहरुले आफ्नो ५१ प्रतिशत सेयर स्वामित्वमा सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्न पाउने भएका छन् । यसरी स्थापना गरिएको सहायक कम्पनीले आफ्नो माउ कम्पनीको सेयर किनबेच गर्न भने पाउँदैन । ब्रोकरको कारोबार गर्न बैंकले खोलेको सहायक कम्पनीलाई राष्ट्र बैंक र धितोपत्र बोर्डले नियमन गर्नेछन् ।

लामो समयदेखि लगानीकर्ताहरुले बैंकलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने माग राख्दै आएका थिए । सेयर बजारलाई अझ विस्तार गर्नका लागि बैंकलाई ब्रोकरको काम गर्न दिनुपर्ने उनीहरुको बुझाइ थियो । राष्ट्र बैंकले पनि लगानीकर्ताहरुको मागलाई सम्बोधन गर्दै गत मौद्रिक नीतिमै बैंकलाई ब्रोकर लाइसेन्स दिने नीतिगत व्यवस्था गरेको थियो । सहायक कम्पनी खोल्न राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबाट पनि ब्रोकरको लाइसेन्स लिनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।