२४ साउन / अर्थ र व्यापार – लुम्बिनी विकास बैंक लिमिटेडको नुवाकोट जिल्ला, खड्गभन्ज्याङ्ग गाविसमा अवस्थित शाखा बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण गरिएको छ ।ग्राहकलाई सरल बैंकिङ्ग कारोबार गर्न सुबिधा मिलोस भन्ने हेतुले भौतिक पुर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरिएकोे छ ।
लुम्बिनी विकास बैंक लिमिटेडले आपmना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै लकर लगायतका बैंकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकका ५१ वटा शाखा रहेका छन् ।
तपाईको प्रतिक्रिया