१९ माघ / अर्थ र व्यापार - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संथाको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सानिमा बैंक र गरिमा विकास बैंकको कूल एक करोड २५ लाख ४ हजार ४६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये सानिमा बैंकको कूल ८० लाख एक हजार २५५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ ।
आइतबारको बजारमा दुबै संस्थाको सेयर मूल्य बढिरहेको छ । साढे १ बजेसम्म सानिमा बैंकको सेयर मूल्य ८ रुपैयाँले बढेर प्रतिकित्ता ३५५ रुपैयाँ पुगेको छ । त्यस्तै, सोही अवधिसम्म गरिमा विकास बैंकको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया