logo

वोमी माइक्रोफाइनान्सद्वारा ४ करोड ४८ लाख ४९ हजार खुद नाफा आर्जन

    943   पटक पढिएको

६ बैशाख /अर्थ र व्यापार - वोमी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष वोमीले दुई करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो गत वर्षको चैतको तुलनामा ५१.९८ प्रतिशत बढी हो । खर्च नियन्त्रण र कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको सुधारले लघुवित्तको समग्र नाफा बढेको हो । साथै कम्पनीले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ । हाल दश करोड दश लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ९ करोड ४१ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

पूँजी वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद बेच्न लागेको यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । अर्कोतिर नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस कम्पनीको फागुन २६ गते यता शेयर कारोबार बन्द रहेको छ । चैत मसान्तसम्म माइक्रोफाइनान्सले ५६ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९३ करोड ४ लाख रुपैयाँ सापटी लिएको संस्थाले एक अर्ब ६७ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आवको ९ महिना अवधिसम्म माइक्रोफाइनान्सले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ५१.७६ प्रतिशत बढी हो । निष्कृय कर्जा ०.७६ प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६० पैसाबाट ५९ रुपैयाँ १६ पैसामा बढेको छ । हकप्रदबाट पूँजी वृद्धि पश्चात भने लघुवित्तलाई प्रतिशेयर आम्दानी सन्तुलन गर्न थप नाफा आर्जन गर्नुपर्ने अवस्था देखिन्छ ।

माइक्रोफाइनान्स कम्पनीकोे मुल्य आम्दानी अनुपात १९.०७ गुणा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ १३ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।