४ भदौ / अर्थ र व्यापार – बैंक अफ काठमाण्डुले संस्थापक सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । बैंकले प्रिमियम सहित प्रतिसेयर २ सय ६६ रुपैयाँको दरमा ६१ लाख ५८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकर संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलानको लागि यो सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि प्रिमियम मूल्य राखेर नै एफपीओमा संस्थापक सेयर बिक्री गरेर सर्वसाधारणमा परिणत गर्न खोजेको थियो । संस्थापक सेयर एफपीओ (थप निष्काशन)को रुपमा जारी गर्न नमिल्ने भन्दै धितोपत्र बोर्डले रोकेको थियो । बैंकले अब लिलाम बढाबढका सेयर बेच्ने भएको हो ।
तपाईको प्रतिक्रिया