२० कात्तिक/अर्थ र व्यापार– बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारणसभा मंसिर १५ मा हुने भएको छ ।बैकको आज कात्तिक २० मा बसेको संचालक समिति बैठकले साधारणसभाको मिति तय गरेको गरेको हो ।
बैंकले चुक्ता पुँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस सेयर र करसहित ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको आगामी सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुले पाउनेछन् । बैंकले लाभांश वितरण गर्न र साधारण सभा प्रयोजनका लागि कात्तिक २८ देखि मंसिर १५ सम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार कात्तिक २७ सम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख रहेको छ । प्रस्तावित १३ प्रतिशत बोनस सेयर वितरण भएमा बैंकको पुँजी ९ अर्ब १७ करोड ४३ लाख पुग्नेछ ।
तपाईको प्रतिक्रिया