माघ १५ / अर्थ र व्यापार - बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ । बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् ।
यस अघि बैंकले सो शेयर विधमान संस्थापकहरुलाई खरीद गर्न आह्वान गरेको थियो । तर तोकिएको समयमा विधमान संस्थापकहरुले खरीदका लागि आवेदन नदिएपछि सो शेयर सर्वसाधरणका लागि खुल्ला गरिएको हो ।
बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ । लिलामीको शेयरमा बैंकका संस्थापक शेयरधनी, व्यक्ति तथा संगठित संस्थाले माघ १५ देखि २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।बैंकको संस्थापक शेयरको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया