२३ साउन / अर्थ र व्यापार – नेपाल ग्रामिण बिकास बैंकले जारी गर्ने तयारीमा रहेको ९ करोड ७५ लाख रुपैयाँ (९ लाख ७५ हजार कित्ता) को एफपीओले धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बैंकको सेयरले साउन २३ गते स्वीकृती पाएको हो । बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरमा एफपीओ जारी गर्न लागेको हो । बैंकको दोस्रो बजारमा ९ सय ४३ रुपैयाँमा सेयर कारोबार भएको छ ।
हाल १८ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको बैंकले नियमअनुसार यो स्वामित्व ३० पुर्याउन एफपीओ जारी गर्न लागेको हो । बैंकले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ पाएको छ । यसले कम्पनीको समग्र आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
तपाईको प्रतिक्रिया