logo

विश्व बैंकद्वारा नेपाल तथ्यांक साक्षरता कार्यशाला सम्पन्न

    1808   पटक पढिएको

२० असार / अर्थ र व्यापार - विश्व बैंकले नेपालका शैक्षिक, मिडिया, नीजि तथा गैरनाफामूलक क्षेत्रमा क्रियाशील व्यक्तिका लागि आयोजना गरेको १० दिने नेपाल तथ्यांक साक्षरता कार्यशाला सम्पन्न भएको छ ।

दिगो रूपमा तथ्यांक साक्षरताको सीपलाई हस्तान्तरण गरेर तथ्यांकमा आधारित नीति निर्माण तथा संघीयतालाई सहायता गर्ने उद्देश्यले डीएफआईडीको सहयोगमा बैंकले आयोजना गरेको तथ्यांक साक्षरता कार्यशालाको पहिलो चरणको कार्यक्रम सकिएको हो । पहिलो चरणमा तथ्यांकको विश्लेषण, भिजुलाइजेसन तथा तथ्यांक केन्द्रित निर्णय निर्माण तथा स्टोरी टेलिङबारे जानकारी दिइएको थियो । दोस्रो र तेस्रो चरणको आगामी भदौसम्म सकिने कार्यशालामा ७५ जनाको सहभागिता छ । 

पहिलो चरणको कार्यक्रम समापनमा विश्व बैंकका देशीय प्रबन्धक फारिस हाददले विश्व तथ्यांकबाट निर्दे्शित हुँदै गएको भन्दै नेपालले पनि विकासको भिजनमा यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । आर्थिक विकासका साथै नेपाली जनताको हितका लागि सार्वजनिक, नीजि र नागरिक समाजका लागि तथ्यांक केन्द्रित निर्णय र सिर्जनामा केन्द्रित हुनुपर्ने उनले बताए । डीएफआईडी युकेका तथ्यांक सल्लाहकार क्रेईग अीरवीनले कार्यशालाबाट सिकेको सिपले तथ्यमा आधारित निर्णय अघि बढाउने विषयलाई सहयोग गर्ने बताए । हालै काठमाडौंमा विश्व बैंकले गरेको तथ्यांकबारेको कार्यशालामा पनि खुल्ला सरकारको अवधारणाबारे छलफल भएको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।