logo

विश्व बैंकद्वारा नेपाल तथ्यांक साक्षरता कार्यशाला सम्पन्न

    1686   पटक पढिएको

२० असार / अर्थ र व्यापार - विश्व बैंकले नेपालका शैक्षिक, मिडिया, नीजि तथा गैरनाफामूलक क्षेत्रमा क्रियाशील व्यक्तिका लागि आयोजना गरेको १० दिने नेपाल तथ्यांक साक्षरता कार्यशाला सम्पन्न भएको छ ।

दिगो रूपमा तथ्यांक साक्षरताको सीपलाई हस्तान्तरण गरेर तथ्यांकमा आधारित नीति निर्माण तथा संघीयतालाई सहायता गर्ने उद्देश्यले डीएफआईडीको सहयोगमा बैंकले आयोजना गरेको तथ्यांक साक्षरता कार्यशालाको पहिलो चरणको कार्यक्रम सकिएको हो । पहिलो चरणमा तथ्यांकको विश्लेषण, भिजुलाइजेसन तथा तथ्यांक केन्द्रित निर्णय निर्माण तथा स्टोरी टेलिङबारे जानकारी दिइएको थियो । दोस्रो र तेस्रो चरणको आगामी भदौसम्म सकिने कार्यशालामा ७५ जनाको सहभागिता छ । 

पहिलो चरणको कार्यक्रम समापनमा विश्व बैंकका देशीय प्रबन्धक फारिस हाददले विश्व तथ्यांकबाट निर्दे्शित हुँदै गएको भन्दै नेपालले पनि विकासको भिजनमा यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । आर्थिक विकासका साथै नेपाली जनताको हितका लागि सार्वजनिक, नीजि र नागरिक समाजका लागि तथ्यांक केन्द्रित निर्णय र सिर्जनामा केन्द्रित हुनुपर्ने उनले बताए । डीएफआईडी युकेका तथ्यांक सल्लाहकार क्रेईग अीरवीनले कार्यशालाबाट सिकेको सिपले तथ्यमा आधारित निर्णय अघि बढाउने विषयलाई सहयोग गर्ने बताए । हालै काठमाडौंमा विश्व बैंकले गरेको तथ्यांकबारेको कार्यशालामा पनि खुल्ला सरकारको अवधारणाबारे छलफल भएको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।