१३ भदौ / अर्थ र व्यापार – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रबन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् । पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी सीईओ भइ सकेका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आफनो सेवा सुरु गरेका पाण्डे विभिन्न बीमा कम्पनीमा आवद्ध भइसकेका छन् । नायव महाप्रवन्धक पाण्डेले बीमा व्यवसाय विस्तारमा जोड दिने छ । उनको नेपाल इन्स्योरेन्सलाई अझ बढी सबल बनाउने योजना रहेको छ ।
तपाईको प्रतिक्रिया